काभ्रे :- तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा एक शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




