काभ्रे :- वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ । नाडा अटो शोको चौथो दिन आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले यो सहकार्यलाई “विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व” भन्दै महत्वपूर्ण कदम भएको बताएका छन्।
वरिष्ठ क्याप्टेन विजय लामाले पनि जेवाई एयर ब्राण्डले अँगालेका विश्वास, अनुशासन र उत्कृष्टताको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्दै भने, “जेवाई एयर ईभी केवल एउटा कार मात्र होइन—यो पाङ्ग्रामा ल्याइएको विमान हो। यसमा सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्यहरू समावेश छन् ।”
उनले नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रेरित गर्ने आफ्नो उत्साह पनि सार्वजनिक गरे।




