काभ्रे :- गायिका एलिना चौहानले विपिन जोशीको रिहाइको लागि पशुपति पुगेर कामना गरेकी छन् । त्यहाँ आयोजित संकटमोचन ज्ञान महायज्ञमा पुगेर उनले कामना गरेकी हुन् । विपिन लगायत विदेशी भूमिमा बेपत्ता भएका अन्य खोजी गर्न पनि उनले आग्रह गरेकी छन् ।
विपिनको फोटो राखिएको फ्रेम समात्दै गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘ आज ऐतिहासिक श्री पशुपति मनकामना पुर्ति तथा शंकटमोचन ज्ञान महायज्ञ मा विपिन भाइ चाडि भेटिनुहोस भनेर कामना गरियो । हामी सबैको मनकामना पूर्ति होस जय होस मंगलहोस ।’




