काभ्रे :- काठमाडौँको बुढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका-१३ स्थित निर्माणाधीन घरको मुख्य ढोकाअगाडि खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनी घटनास्ल नजिकै बस्दै आएका थिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




