काभ्रे :- गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । आज बिहान १० बजेतिर आफ्नै घरको बंगालको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । बालकको आमाले झुण्डिएको अवस्थामा देखेर तत्काल पासो काटी खाटमा राखेकी थिइन् । तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




