काठमाडौँ :- भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् ।
भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो । यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो ।
भिएनएक्सप्रेस समाचार साइटका अनुसार अचानक भारी वर्षाका कारण पल्टिएको ‘वन्डर सी’ नामक जहाजमा ४८ यात्रु र पाँच चालक दल सदस्य सवार थिए ।
“आकाश अँध्यारो भयो”, हा लङ बे क्षेत्रका बासिन्दा ट्रान ट्रोङ हङले एएफपीलाई भने, त्यहाँ “मुसलधारे वर्षा, आँधीबेहरी र चट्याङसहित औँला बराबरका ठूला असिनाहरू आए ।”
यात्रुहरूमा २० भन्दा बढी बालबालिका सहित राजधानी हनोईबाट आएका गर्ने परिवारहरू अधिकांश थिए ।




