काठमाडौँ :- सोसल मिडिया प्लाटफर्म फेसबुकले १ करोड नक्कली अकाउन्टहरुलाई ब्लक गरिदिएको छ ।
फेसबुकको मातृ कम्पनी मेटाका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा उक्त संख्याका फेसबुक अकाउन्ट बन्द गरिएको हो ।
ती अकाउन्टहरूले गोप्य रूपमा दोहोरो प्रोफाइल चलाउँदै फेसबुकको एल्गोरिदम तथा फेसबुकका आम प्रयोगकर्ता अर्थात अडियन्सको संख्याको फाइदा उठाउने प्रयास गरेका मेटाले जनाएको छ। मेटाले त्यसलाई “Spammy Content” को नाम दिएको छ ।
कम्पनीका अनुसार फेसबुक फीडलाई थप विश्वसनीय, सामयिक, स्वच्छ तथा प्रामाणिक बनाउनका लागि यस्तो कदम उठाइएको हो । मेटाले उठाएको यो कडा कदम फेक अकाउन्ट र स्पाम गतिविधिहरूको नियन्त्रण गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।




