काठमाडौँ :- गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।
आज राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक गृहकार्य भइरहेको बताएका हुन् ।
उनले भने, “अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरू उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्नका लागि तयारी गरिरहेका छौँ । हामीसँग कानूनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो,” ।




