काठमाडौँ :- गएराति रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ।
चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार उक्त घटनामा हालसम्म ५० जनाको उद्धार भएको छ । उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।
बाढीले थप क्षति पुर्याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ।




