काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा एसीसी पुरुष यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको बताए ।
उनले भने, ‘नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको छ,’ ।
पौडेलले नेपालको रैथाने खेल ‘गिर’ (काठको भकुण्डो) को विकास भएर क्रिकेट खेल भएको बताएका छन् । उनले भने, ‘हामी सानो सानोमा खेतमा हिउँद लागेपछि बाख्रा चराउन जाँदा गिर खेल्थिम् । गिरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम् । त्यसकै आज विकसित रूप क्रिकेट हो ।’




