काठमाडौँ :- निजामती विधेयकको ‘कुलिङ पिरियड’मा भएको चलखेलबारे गठित संसदीय छानबिन समितिले २१ दिनको समय पाएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २१ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन भनेको हो । आजकै बैठकबाट समितिमा रहने सात सांसदको नाम टुंगो लागेको छ । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट नारायण आचार्य र ईश्वरी घर्ती रहनेछन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की रहनेछन् ।




