काठमाडौँ :- मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको छ । यसअघि, आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।




