काठमाडौँ :- मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा प्रदेश नं. १–०५–००१ प १९१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान बुद्धचोकबाट रामपुर जाँदै गरेका बेलका नगरपालिका–६ बुद्धचोकका ४५ वर्षीय नवीन राईको मृत्यु भएको हो ।
सडक छेउमा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राईको शव पोस्टमार्टमका लागी बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।




