काठमाडौँ :- ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएको र उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । बस साझा यातायातको रहेको प्रहरीले बताएको छ ।




