काठमाडौँ :- स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर फेदीखोला गाउँपालिका १ कुभिण्डेमा ठोकिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।




