काठमाडौँ :- देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।
हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।
इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभाल झाअनुसार अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।




