काठमाडौँ :- ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ ।
चितवनबाट ल्याइएको गैंडालाई विश्व वातावरण दिवसका अवसर पारेर आज जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।
चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर ३ बर्षको रहेको उनले बताए ।




