काठमाडौँ । चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्।
साताव्यापी भ्रमणमा क्रममा चीनको गान्सु प्रान्त पुगेकी उनले शनिबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी हुन्।
भ्रमण टोलीमा रहेका नेकपा एमालेका नेता कर्णबहादुर थापाका अनुसार उनीहरुबीचको भेटमा दुई देशबीचको कूटनीतिक स्तर र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो।




