काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार कार्यकर्ता भेला गर्ने भएको छ ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनेछ । साथै, कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।
समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए ।




