ट्रेन्डिङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सेयर बजारमा हरियाली, नेप्से २६५४ अंकमा

समुद्री जैविक विविधता सम्झौता अनुमोदनमा संसद् एकमत

सांसदहरूले उठाए बाढी उद्धार, न्यायालय सुधार र हवाई सुरक्षाका सवाल

श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कटौती हुने गरी सम्झौता नगर्न सर्वोच्चको आदेश

मतदाता नामावलीमा त्रुटि भए असोज १२ भित्र सच्याउन सकिने

भारी वर्षाको सम्भावना, बागमती सरकारले नागरिकलाई सावधानी अपनाउन भन्यो

३० लाख दिने भन्दै बोलाए, नक्कली नोट थमाएर ठगी गरेको आरोप

एमाले पुनर्निर्माण र लोकतन्त्र रक्षालाई प्राथमिकता : ओली

बस आगलागी घटनाको अनुसन्धान गर्न चार सदस्यीय समिति

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

एमाले केन्द्रीय सचिवालय बैठक सुरु, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिँदै

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा करिब १५ अर्ब जम्मा

चाडपर्व लक्षित बजाजको राष्ट्रिय निःशुल्क मोटरसाइकल चेक अप क्याम्प सुरु

प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन’मा सहभागी हुन चीन प्रस्थान

सुनसरीमा गोली प्रहारबाट घाइते यादवको शल्यक्रिया, शरीरबाट गोली निकालियो

विपद् र सङ्कटका बेला पनि डिजिटल प्रणाली प्रभावकारी हुनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

माथिल्लो त्रिशूली–१ आयोजनाबाट ११ जनाको शव निकालियो

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नुपर्छ : प्रचण्ड

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका ९ नेताद्वारा पार्टी परित्याग

तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

तीन दिनपछि बेँसीसहर–चामे सडक सञ्चालनमा

बीआरआई ग्लोबल साउथका लागि साझा लाभको महत्वपूर्ण परियोजना हो : नारायण दाहाल

चिलिमे जलविद्युत् केन्द्रमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

– शिशिर भण्डारी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण मोड ल्याएको छ। विशेषतः नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अपेक्षाभन्दा धेरै समर्थनसहित संसदमा उल्लेख्य स्थान हासिल गर्नु यस चुनावको प्रमुख विशेषता बनेको छ।
यस परिणामलाई केवल नयाँ शक्तिको उदयका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। दशकौँदेखि स्थापित राजनीतिक दल र नेतृत्वप्रति बढ्दै गएको जनअसन्तोष—भ्रष्टाचार, नेपोटिजम, बेरोजगारी, अलोकतान्त्रिक निर्णयप्रक्रिया, राजनीतिक दम्भ तथा सेवा प्रवाहमा कमजोरी—जस्ता कारणले विशेषगरी युवा पुस्तामा विकल्पको खोजी तीव्र हुँदै गएको थियो। यही असन्तोष र निराशाको अभिव्यक्ति यस निर्वाचनमा मतका रूपमा प्रकट भएको देखिन्छ।

सामाजिक सञ्जाल, डिजिटल क्याम्पेन र लक्षित राजनीतिक सन्देशहरूको प्रभाव पनि यसपटक उल्लेखनीय देखियो। मतदाताको मनोविज्ञान निर्माणमा डिजिटल माध्यम र एल्गोरिदमिक प्रचारको भूमिका अब नेपाली निर्वाचन राजनीतिमा पनि निर्णायक बन्दै गएको संकेत यसले दिएको छ।

निर्वाचन परिणाम सार्वजनिक हुँदै जाँदा अर्को महत्वपूर्ण बहस पनि पुनः उठेको छ—नेपालको मिश्रित निर्वाचन प्रणालीले स्पष्ट बहुमत दिन सक्दैन भन्ने स्थापित धारणा। पछिल्लो परिणामले भने यो तर्कलाई चुनौती दिएको छ। मतदाताको मनोविज्ञान स्पष्ट रूपमा कुनै विकल्पतर्फ केन्द्रित भयो भने मिश्रित प्रणालीभित्र पनि निर्णायक परिणाम सम्भव हुन्छ भन्ने संकेत यसपटकको निर्वाचनले दिएको छ।

यस चुनावले अर्को रोचक तथ्य पनि उजागर गरेको छ। चुनाव जित्न केवल उम्मेदवारको व्यक्तिगत लोकप्रियता, लामो राजनीतिक अनुभव, विगतको भूमिका वा संगठनात्मक शक्ति मात्र पर्याप्त हुँदैन भन्ने सन्देश मतदाताले दिएका छन्। कतिपय क्षेत्रमा अपेक्षाकृत अपरिचित उम्मेदवारहरू पनि विजयी भएका छन्। यसबाट मतदाताले व्यक्तिभन्दा पनि राजनीतिक विकल्पलाई प्राथमिकता दिएको बुझिन्छ। लोकतान्त्रिक राजनीति शास्त्रमा यसलाई “प्रोटेस्ट भोट” अर्थात् असन्तोषको मत पनि भनिन्छ।

विश्वका धेरै लोकतान्त्रिक देशहरूमा देखिने यो प्रवृत्ति नेपालमा पनि नयाँ होइन। मतदाताले कुनै शक्ति अत्यन्त राम्रो भएकाले मात्र होइन, बरु पुरानो शक्तिप्रति गहिरो निराशा भएकाले नयाँ विकल्प रोज्ने प्रवृत्ति बारम्बार देखिन्छ।

नेपालको चुनावी इतिहास पनि यस सन्दर्भमा निकै रोचक छ। २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ नजिकको समर्थन प्राप्त गर्‍यो। २०४६ को जनआन्दोलनपछि पनि त्यही शक्ति बहुमतमा आयो। २०५१ मा एमाले पहिलो शक्ति बन्यो भने २०५६ मा फेरि कांग्रेस बलियो बन्यो। २०६४ को संविधानसभा निर्वाचनमा माओवादी अभूतपूर्व रूपमा पहिलो शक्ति बन्यो। २०७४ मा एमाले पुनः बहुमतको नजिक पुग्यो।

यस इतिहासले एउटा महत्वपूर्ण तथ्य देखाउँछ—नेपालमा मतदाता स्थायी रूपमा कुनै एक राजनीतिक शक्तिप्रति प्रतिबद्ध भएर बस्दैनन्। उनीहरूले समय–समयमा सत्ता र राजनीतिक शक्तिको पुनर्संरचना गर्ने क्षमता राख्छन्। यही कारण अहिले देखिएको परिणामलाई केवल एउटा दल विशेषको विजयभन्दा पनि राजनीतिक चक्रको अर्को चरणका रूपमा बुझ्नुपर्छ।
यहीँबाट एउटा महत्वपूर्ण प्रश्न उठ्छ—के यो परिणाम वास्तवमै नयाँ शक्तिको उपलब्धि हो? कि पुराना शक्तिहरूप्रति गहिरो असन्तोषको परिणाम?

सम्भवतः वास्तविकता दुवैको मिश्रण हो। तर एउटा कुरा स्पष्ट छ—यो परिणाम जनताले परिवर्तनलाई अवसर दिन खोजेको संकेत हो। यसको अर्थ जनताले स्थायी रूपमा कुनै नयाँ शक्तिलाई पूर्ण विश्वास गरिसकेका छन् भन्ने होइन। बरु यो एक प्रकारको राजनीतिक परीक्षण हो। त्यसैले अहिलेको समय नयाँ नेतृत्वका लागि उत्सवभन्दा बढी जिम्मेवारीको समय हो। चुनाव जित्नु लोकतान्त्रिक प्रक्रियाको पहिलो चरण मात्र हो; वास्तविक परीक्षा शासन सञ्चालनमा हुन्छ।

नयाँ सरकार र नेतृत्वका लागि चुनौतीहरू असाधारण रूपमा ठूलो छन्। जनताका अपेक्षा पनि त्यत्तिकै उच्च छन्। नागरिकहरू चाहन्छन्—सरकारले अब नारा होइन, परिणाम देखाओस्। भ्रष्टाचार नियन्त्रण होस्, सुशासन स्थापित होस्, रोजगारी सिर्जना होस्, शिक्षा र स्वास्थ्य सेवा सुधार होस्। किसानले मल, बीउ र सिँचाइको अभाव झेल्न नपरोस्, उत्पादनले उचित मूल्य पाओस्। विदेशिएका लाखौँ नेपाली युवाले फर्केर आफ्नै देशमा काम गर्ने वातावरण बनोस्।
नेपालको ग्रामीण भूगोल, प्राकृतिक स्रोत र पर्यटन सम्भावनालाई उत्पादन र रोजगारीसँग जोड्ने दीर्घकालीन नीति आवश्यक छ। पहाड र हिमाललाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउने, पूर्वाधार विस्तार गर्ने र सुशासनलाई संस्थागत गर्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण छन्। समस्याको सूची तयार पार्नु जति सजिलो छ, त्यसलाई समाधानतर्फ लैजानु त्यति नै कठिन हुन्छ।

पछिल्ला केही दशकमा नेपालले महत्वपूर्ण राजनीतिक रूपान्तरणहरू अनुभव गरेको छ। शासन व्यवस्थाको परिवर्तन, नयाँ संविधान, धर्मनिरपेक्षता, संघीय संरचना तथा मिश्रित निर्वाचन प्रणालीले लोकतन्त्रलाई संस्थागत गर्ने आधार तयार गरेका छन्। तर जनताले अपेक्षा गरेको राजनीतिक स्थिरता, प्रभावकारी सुशासन, पारदर्शिता र आर्थिक उन्नति अझै पर्याप्त रूपमा अनुभूत हुन सकेको छैन। यसैले अहिलेको समय उपलब्धिहरूको सूची प्रस्तुत गर्ने वा आशा जगाउने मात्र होइन; लोकतान्त्रिक अभ्यासलाई अझ जिम्मेवार, सक्षम र परिणाममुखी बनाउने अवसर पनि हो।

यस परिप्रेक्ष्यमा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण अत्यन्त आवश्यक छ। जनादेशको अर्थ असहमतिलाई दबाउने अधिकार होइन, बरु राज्य सञ्चालनलाई अझ उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने दायित्व हो। फरक मतलाई सम्मान गर्ने, नागरिक स्वतन्त्रताको रक्षा गर्ने र खुला बहसको संस्कारलाई सुदृढ बनाउने अभ्यासले मात्र लोकतन्त्रलाई दीर्घकालीन रूपमा विश्वसनीय बनाउँछ।

अर्को संवेदनशील पक्ष अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध पनि हो। भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रमा अवस्थित नेपालले भारत र चीनजस्ता शक्तिशाली छिमेकीहरूबीच आफ्नो विदेश नीति सन्तुलित, स्वायत्त र राष्ट्रिय हितमा आधारित राख्नुपर्ने चुनौती सधैं रहन्छ। कुनै पनि बाह्य शक्ति प्रतिस्पर्धाको मैदान बन्ने अवस्था सिर्जना हुनु दीर्घकालीन रूपमा नेपालका लागि हानिकारक हुन सक्छ।

अन्ततः जनताले परिवर्तनको म्यान्डेट दिएका छन्। तर त्यो म्यान्डेट स्थायी लाइसेन्स होइन। यदि नयाँ नेतृत्वले सुशासन, पारदर्शिता र परिणाममुखी विकासमा वास्तविक प्रगति देखाउन सक्यो भने नेपालमा नयाँ राजनीतिक अध्याय सुरु हुन सक्छ। तर यदि यो अवसर सत्ता स्वार्थ, पुनरावृत्ति र नयाँ प्रकारको भ्रष्टाचारमा सीमित भयो भने जनताले फेरि अर्को विकल्प खोज्न धेरै समय लगाउने छैनन्। नेपाली मतदाताको इतिहासले बारम्बार देखाएको तथ्य यही हो—जनता धैर्यवान हुन्छन्, तर अनन्तकालसम्म मौन बस्दैनन्।
२०८२ फागुन २४ गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय