काभ्रे :- काभ्रेको चौंरिदेउराली गाउँपालिकाको आयोजनामा आयोजित दुईदिने विशेष अभिमुखिकरण कार्यक्रम असार १ गते सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंज्यूको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको विशेष सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा शाखा अधिकृत एवं प्रशिक्षक चन्द्रकमल नेपाली र अधिवक्ता राम माया लामाको विशेष उपस्थिति रहेको थियो। साथै विभिन्न वडाका वडा अध्यक्षहरू, मेलमिलापकर्ता, शिक्षकहरू, समाजसेवी तथा विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य उर्मिला परियारले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै कार्यक्रमका दौरान चन्द्रराज लामा, राजु चौंलागाईं, तेज घिसिङ र प्रमुख प्रशासकीय अधिकृत महान दास लामाज्यूले मन्तव्य राख्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रम जेठ ३१ र असार १ गते औपचारिक रुपमा समापन गरिएको थियो। सभापति रेणुका चौंलागाईंज्यूले समापन मन्तव्य दिँदै कार्यक्रमको सफलताको शुभेच्छा व्यक्त गर्नुभएको थियो। बाल बिबाह एउटा सामाजिक समस्याको रुपमा रहेको गाउँपालिका, नागरिक समाज र सचेत बौद्धिक वर्गले यस समस्यालाई समाधान गर्न लाग्नुपर्ने अध्यक्ष चौलागाईंको जोड थियो ।
गाउँपालिकाले आयोजना गरेको यस कार्यक्रमले स्थानीय तहमा नेतृत्वदायी क्षमता विकास, मेलमिलाप तथा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाइएको छ। सहभागीहरूबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले गरेका थिए।




