ट्रेन्डिङ

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

पत्रकारिताको ठूलो पुँजी ‘विश्वसनियता’

देवकी थापा/पत्रकारिता विश्वासको पेशा हो । पत्रकार र पत्रकारिताको लागि विश्वसनियता ठूलो पुँजी हो । यसले समाजलाई बाटो देखाउने र देश तथा समाजको स्थायित्वको लागि प्रमुख भूमिका खेलेको हुन्छ । तर राष्ट्रको चौथो अङ्गको रूपमा नेपालको संविधानमा उल्लेख भएको पत्रकारिता क्षेत्र समयको गति र तीव्रतासँगै यसका विश्वसनियता धुमिल हुँदै गएको छ । राज्यले नै संविधानमा चौथो अङ्गको मान्यता दिएको पत्रकारितामा जनमानसमा विश्वास गुम्दै गएको परिवेशमा यसको विषयवस्तुमा गहन छलफल जरुरी छ । पत्रकारितामा विकृति हुनुको कारण खोजिनु आवश्यक रहेको छ ।

वर्तमान समयले संसारलाई सूचना र प्रविधिमा पोख्त बनाएको छ । यससँगै मिथ्यो सूचनाको विकविकी पनि बढ्दो छ । हरेक स्थानीय स्तरमा पत्रकारिताको थालनी भएको छ । यो निकै सराहनीय कुरा हो । तर स्थानीय स्तरबाट त्यहाँको आवाज मुखरित नहुनु स्थानीय पत्रकारिताको जटिलता हुन सक्छ । पेसागत सुरक्षा र पत्रकारितामा पहुँचका हिसाबलेसमेत चुनौती अवश्य छ । विश्वसनीयता पत्रकारको सबैभन्दा ठूलो पूँजी हो । जनताको विश्वास कमाउनुलाई नै पत्रकारिताको सबैभन्दा ठूलो प्राप्ति मानिन्छ । पत्रकारिताप्रति जनविश्वास गुम्नुभन्दा ठूलो हानी पत्रकारिताका लागि केही हुँदैन ।

लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समुन्नतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठान्नुपर्दछ । यसैमा पत्रकारिताको पेशागत सम्मान, मर्यादा र अधिकार अन्तरनिहित हुन्छ, सबैको हित हुन्छ । सत्य र सन्तुलन अवलम्बन गर्ने पत्रकारिता नै जनताको विश्वासिलो बन्न पुग्छ । हिजोका दिनमा हातैबाट लिखितम गरी प्रकाशन गरिने पत्रपत्रिकाका आजकाल आधुनिक प्रविधिको प्रयोगबाट प्रकाशन भएका छन् । पत्रकारिताका लागि विभिन्न आधुनिक उपकरणका विकाससँगै यस्ता कुराका प्रयोगले पत्रकारितामा केही नवीनतम परिवर्तनको आभास भनी पक्कै दिलाइदिएको भेटिन्छ । तर लामो पत्रकारिताको इतिहास मुलुकले बोकी रहँदा जुन कुरामा वास्तविक गुणस्तरीय परिवर्तन देखिनु पर्ने हो, त्यो वास्तवमा नै शून्य पाइन्छ । पत्रकारिता भित्रका ती कयौं ताण्डवको प्रताडितलाई रोक्नु पर्ने आजको चुनौती हो । जसले गर्दा समग्र पत्रकारितालाई हल्का रूपमा नेपाली समाजमा चित्रण हुन थालीरहेकोमा कुनै दुइमत छैन । सामान्यतया व्यक्ति हिसाब ज्ञानले सञ्चारमाध्यमलाई बुझ्ने परिवेशको ज्ञानको आवश्यकता हुन्छ ? यस्तो परिवेशको ज्ञान एक पत्रकारसँग कतिको छ ? पत्रकारितामा लागेको मानिसको क्षमता कति छ ? कति जोश अनि जागर छ, पत्रकारसँग जे छ, त्यो क्षमता हो । त्यो क्षमतालाई कुनै पनि हालतमा विस्थापनमा पठाउनु हुँदैन । सत्यबाट हामी कदापी भाग्न सक्दैनौ ।

पत्रकारिता विषय आफैमा अध्ययन गर्नुपर्ने विषय भएकोले पत्रकार बन्नका लागि अध्ययन अति आवश्यक रहेको मानिन्छ । अध्ययन विनाको पत्रकारिता हामीले कल्पना पनि गर्न सकिन्दैन । तर यहाँ वर्तमानमा देखिएका अधिकांश पत्रकारहरूमा शैक्षिक अध्ययन लगभग सामान्य कास बन्न आवश्यक शैक्षिक योग्यता पनि हामी पाउँदैनौ भने व्यवहारिक शिक्षाको कतिपय पत्रकारमा सुन्ने नै रहेको देखिन्छ । कुरा त पत्रकारितामा उसको क्रियाशीलता, निरन्तरता र पत्रकारिता सम्बन्धी सामान्यभन्दा सामान्य ज्ञानको प्रथम त योगदान हो जस्तो लाग्छ एक पत्रकारका लागि । अब प्रश्न उठ्छ शैक्षिक अध्ययन र व्यवहारिक शिक्षाका कमि रहेका पात्रहरू यदि पत्रकारितामा हाबी रहनु भनेको दिनप्रतिदिन पत्रकारिता चुनौतीका दिशामा लम्किनु सिवाय केही सम्भावना देखिन्न ।

पत्रकारले जुन विन्दुबाट रिझाउने काम थाल्छन, पत्रकारिताको अन्त्य त्यहीबाट हुन्छ । भनिन्छ, पत्रकारिता भनेको भक्तिगान होइन, यो त एक आलोचनात्मक चेत हो । यो कुनै पेशा मात्र होइन, यो त एक धर्म हो । पत्रकारहरूले सदैब सहि बाटोमै उभिनका लागि प्रयत्न गर्ने हो । सहिको मार्गमा उभिदा कतिको सफल होइन्छ या होइन्न, त्यो फरक पाटो हो । पत्रकारिताको सुरुवात न्याय अनि सहि बाटोबाटै हुनुपर्ने हुन्छ । जुन आफैंमा पत्रकारिता क्षेत्रको सर्वोच्च धर्म भित्र पर्छ । तर बिडम्बना यहाँ यस्तो हुँदैन ।

पछिल्लो समय नेपाली पत्रकारिता पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्ति बढेको छ, यसलाई मर्यादित बनाउन थप आवश्यक छ । पत्रकार आचारसंहिताको व्यवहारिक कार्यान्वयनको आवश्यकता छ । पत्रकारितामा देखिएका कयौं विकृति र विसङ्गति पछिल्लो समयका केही उदाहरण् हुन् । जसरी कन्टेटका नाममा भाइरल हुने नाममा एकले अर्कालाई सिध्याउन, बदनाम गर्नेे र समग्र नेपाली पत्रकारितालाई नै प्रभावित पार्नेसम्मका हर्कत अहिले भइरहेका छन । मिडिया उद्योगको परिभाषा दिँदै कतिपय युटुयुव, फेसबुकद्वारा चलाइने सामाजिक सञ्जालले त झन थप नेपाली पत्रकारिताको साख गिराउने काम गरेका छन् । वास्तविक पत्रकारलाई नै बदनाम र पेशाकै बेइज्जत गरेका छन । यसो हुनु किमार्थ ठीक होइन । जुन पत्रकार र पत्रकारिता विकासको सपना देख्नेहरूको लागि वास्तवमा हृदयबिदारक देखिन्छ । पत्रकारिता निश्चय नै पेशा हो व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आज पत्रकारितामा नयाँ क्रान्ति आएको छ । सञ्चारक्षेत्रलाई केवल सिमितताभित्र प्रयोग गरिरहेको छ । प्रविधिमा मात्र होइन, प्रस्तुति, प्रयोग र प्रभावमा पनि । यसकारण पत्रकारिता पेशालाई नयाँ परिभाषासहित थप मर्यादित बनाउन जरुरी देखिन्छ । पत्रकारिता क्षेत्रमा प्राय इलेक्ट्रोनिक (विद्युतीय) र प्रिन्ट (छापा) दुवै क्षेत्रको मिडियामा सञ्चार उपकरणको अभाव र प्राप्त तालिम ज्ञानको अभाव छ ।

पत्रकारितामा विचार, प्रक्रिया, आदर्श, निष्ठा, सिद्धान्त सबै मौन भएको हामी पाउछौ । समयको विकास अनि परिवर्तनसँगै ज्ञान, चिन्तन र अनुशासनको निरन्तरता र विकास पत्रकारितामा पनि भेटिनु पर्ने हो । कयौं परिवर्तनहरू सँगै ज्ञान, चिन्तन र अनुशासनमा लामो पत्रकारिताको इतिहास मुलुकले बाँकी रहँदा यी यथावत कुरामा परिवर्तन र निरन्तरता नहुँदा, पत्रकारिताका नाउँमा भएका कयौं परिवर्तन आज अर्थहीन साबित भइरहेका छन् । यिनै कुराबीचको अन्तर छुट्याउन र पत्रकारितालाई उत्तरदायित्व र जवाफदेहीपूर्ण पेशा बनाउन र मिडिया क्षेत्रको सर्वाङ्गीण हित र विकासका लागि दिगो पत्रकारिताको नीति ल्याउनुपर्ने देखिन्छ ।

यदि पत्रकारिता पेसा गर्ने हो, पेसामा क्रियाशील रहने हो र हाम्रो उपस्थितिको औचित्य पुष्टि छ कि, छैन भन्ने विषयमा आत्ममूल्याङ्कन गर्ने हो भने, समाजका दृष्टि बदल्ने हिम्मत हामीसँग हुनुुपर्दछ । आफुलाई समाजसँग तुलना गरौं । समाजले तपाई हामीलाई दया, माया करुणा बाँडेको छ वा घृणाका पात्र परिभाषित गरिदिएको छ त्यो पनि बुुझौं । समाजमा हामी जे खाज्छौं, त्यही भेट्याउँछौं । राम्रो खोज्यौं राम्रो र नराम्रो खोज्यौं नराम्रो यही समाजबाट पाउँछौं । पात्रको प्रवृत्ति समेत हामी खोजकर्ताको अभ्यास, अभ्यासको निरन्तरता र निरन्तरताले अंगालेको अभ्यस्त मानसिकताले बोक्छ । सायद पत्रकारितामा मानसिकताले बालेको लेख्छौं, पढाउँछौं । समाजले समेत सकरात्मक भन्दा नकरात्मक सवालमा बढी रुची देखाएको भएर होला, हामीले लेख्ने र बोल्ने गरेको प्रवृति पत्रकारिताले समाजलाई सिकाएको पनि त्यही हो । पत्रकारिता र पत्रकारको आफ्नै आचारसंहिता रहेको छ । यसको गाम्भीर्य र महत्व विशेष रहेको छ । तर यसको विविधता र पत्रकारको चेतना, दक्षता र योग्यताका कारण यो पेशा धुमिल हुँदै गइरहेको छ । पत्रकारिता जस्तो संवेदनशील क्षेत्रको दुरूपयोग गरेर व्यक्ति केन्द्रित स्वार्थमा बग्नु आफैंमा दुर्भाग्यपूर्ण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय