“ब्रमायणि माध्यमिक विद्यालय मन्डनदेउपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल डोटेलसंग हालको बिद्यालय र सुधारको विषयमा के भैरहेको छ भनेर बागमती छड्के डट कमका सम्पादक राम प्रसाद ढकालसंग गरिएको सम्बादमा आधारित”
- विद्यालयमा कति कक्षा सम्म पढाई हुन्छ ? व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
आदरणीय अभिभावक ज्युहरु,यस ब्रमायणी बिद्यालयका शिक्षक, शिक्षिका यस बिधालयका प्यारा बिद्यार्थी भाइबहिनीमा सर्बप्रथम बिद्यालयको अध्यक्षको तर्फबाट नमस्कार, जहासम्मको प्रश्न छ हाम्रो बिद्यालयमा कक्षा १० सम्म पढाइ संचालन हुन्छ, सुरुवाती वर्षमा विषयगत जनशक्तिलाई व्यवस्थापन गर्दैछौँ । ब्रमायणि मा बि मात्रै होइन प्रायः सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अन्य विद्यालयमा पार्टटाइम अध्यापन गराउँछन् । विद्यालयले अन्य शिक्षकहरू राख्नुपर्ने अवस्था छ । तर हाम्रो बिद्यालय तेस्तो अबस्था हालसम्म छैन ।
- भौतिक संरचनाको अवस्था कस्तो छ ?
ब्रमायणि मावि भौतिक संरचना व्यवस्थित र पर्याप्त रहेको छैन । म व्यवस्थापन समितिको अध्यक्षमा आए पछि बाल कक्षाको छुट्टै कक्षा व्यवस्थापन गरेका छौँ । सबै तहका कक्षाहरू पूर्ण रूपमा व्यवस्थित छन् । अन्य बिद्यालयको जस्तो भौतिक संरचना हाम्रो बिद्यालयमा छैन।
- सामुदायिक विद्यालयमा पनि हुदाखाने र हुनेखानेका छोराछोरी पढ्ने शिक्षा फरक हुन थाल्यो । यसलाई कसरी लिनुहुन्छ ?
निजी तथा संस्थागत विद्यालयको आकर्षणलाई कम गर्न आवश्यक छ । त्यसका लागि अङ्ग्रेजी भाषालाई ग्राह्यता दिनुपर्छ । यदि सामुदायिक विद्यालयमा शुल्क लिने, पोसाक फरक हुने र वर्ग देखिने किसिमका क्रियाकलाप गरिन्छ भने त्यो गलत हो ।
- सामुदायिक विद्यालयमा भौतिक संरचना र जनशक्ति पर्याप्त हुन्छ, तर शैक्षिक गुणस्तर किन खस्किरहेको छ ?
शैक्षिक गुणस्तर खस्किनुमा प्रमुख कारण अभिभावकको पनि दायित्व बोध कम हुनु हो। अभिभावकले आर्थिक दायित्व पनि वहन गर्नु पर्दैन । आफ्नो बच्चा के पढ्दैछ भन्ने चासो छैन । सामुदायिक विद्यालयका शतप्रतिशत अभिभावकहरूले बच्चाको विषयमा जानकारी नै नलिने र शिक्षक तथा विद्यालय प्रशासनलाई खबरदारी पनि नगर्नाले पनि समस्या आउछ। अभिभावकलाई बच्चाले सिकोस्, नसिकोस् कक्षा अपग्रेड हुनै पर्छ । विद्यार्थीलाई रोक्यो भने अर्को विद्यालयमा सार्ने डरले विद्यालयले पनि कक्षा चढाउँछन् । यसरी नै कक्षा १० सम्म पुग्छन् । लाजमर्दो कुरा अहिलेका १० कक्षामा पढ्ने विद्यार्थीले नेपाली अक्षर राम्रोसँग उच्चारण गर्न जान्दैनन् । यस्तो बालकक्षामा नै बिगारेकोले गर्दा भएको हो । बोर्डिङ स्कुलमा कक्षा ३ मा पुग्दा पढ्न जान्दछन् । सामुदायिकका विद्यार्थी निकम्मा प्रणालीको खराबीले गर्दा त्यस्तो भएको हो ।
- सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि के गर्नु पर्ला ?
कक्षाको सुरुदेखि नै उचित शिक्षा दिनुपर्छ । बिरुवा अङ्कुरित हुँदै राम्रो भयो भने रुख राम्रो हुन्छ । त्यसैले बालकक्षामा सक्षम बनाउनु पर्छ । सक्षम बच्चालाई मात्र माथिल्लो कक्षामा लानुपर्छ । एउटा कक्षाका कम्तिमा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण नगराउने शिक्षकलाई दण्ड र धेरै उत्तीर्ण गराउने शिक्षकलाई पुरस्कारको नीति ल्याउनु पर्छ । अन्य निजी विद्यालयका शिक्षकले ८ घण्टा अध्यापन गराउँछन् । सामुदायिकका शिक्षकले ३ घण्टा अध्यापन गराउँछन् । आफू सरकारी विद्यालयमा कार्यरत हुन्छन् । अनि बच्चालाई निजीमा पढाउँछन् । शिक्षकलाई यो सुविधा दिनु हुँदैन । सरकारी स्कुलमा कार्यरत शिक्षकले अनिवार्य आफू कार्यरत विद्यालयमा नै बच्चा पढाउनु पर्ने नीति बनाउनु पर्छ । यति गर्न सकिए धेरै सुधार हुन्छ । अभिभावकहरूले पनि आफ्नो बच्चाले कति सिक्यो ? सिकेन चासो राख्नुपर्छ ।
- स्थानीय कानून नबन्दा विद्यालय सञ्चालनमा कस्ता समस्या छन् ?
धेरै अप्ठ्यारा छन् । अहिलेको संरचनामा शिक्षाक्षेत्र भीरको चिण्डोजस्तो भएको छ । सङ्घीय सरकार दायित्वबाट पन्छिएको छ । स्थानीय सरकारले दायित्व निर्वाह गर्न सकेको छैन । स्थानीय सरकारले शिक्षा क्षेत्रलाई महत्त्व दिएको छ हाम्रो नगरमा । बालकालिका पनि शैक्षिक रूपमा निकम्मा हुँदै गए । अब हाम्रो समाज कस्तो बन्छ । हामी कस्तो समाजको निर्माण गर्न लागिरहेका छौँ ।
स्थानीय सरकारलाई पूर्ण अधिकार दिइयो भने शैक्षिक अवस्था कस्तो हुन्छ ? निकाएमा त्यसलाई कार्यान्वयन गरेर नयाँ उत्पादन हुँदैन । अझै बिग्रिँदै जान्छ । स्थानीय तहलाई प्राथमिक विद्यालयसम्मको मात्र अधिकार दिनुपर्छ । धेरै स्थानीय तहमा ‘भिजनलेस’ मान्छे छन् । त्यसैले माध्यमिक तहको अधिकार प्रदेश वा सङ्घीय सरकारमा रहनु पर्छ । यदि स्थानीय तहमा नै रह्यो भने शैक्षिक स्तर भयावह हुन्छ । स्थानीय तहमा अध्ययन गरेका मान्छे छैनन् । अब आउने पनि पढेलेखेका आउँदैनन् । स्थानीय तहका जनप्रतिनिधले आफ्नो अधिकार र दायित्व बुझ्दैनन् । यस्ता मान्छेलाई माध्यमिक तहको जिम्मेवारी दिइयो भने समस्या बढ्दै जान्छ, घट्दैन । यो काभ्रेको मात्र समस्या होइन, नेपालभरको समस्या हो जस्तो लाग्छ ।
- काभ्रेका जनप्रतिनिधि सामुदायिकभन्दा निजी विद्यालयमैत्री भएका हुन् ?
मुख्य कुरा जनप्रतिनिधिको पनि शैक्षिक योग्यताको कुरा आउँछ । शिक्षाको महत्त्व नै नबुझ्ने जनप्रतिनिधिदेखि के अपेक्षा राख्ने । धरानमा शिक्षाको महत्त्व के हो भन्ने कुरा नै उजागर हुन सकिरहेको छैन । धरानको अवस्था त्यो हो । जनप्रतिनिधिले केही प्रयास गरेको देखिँदैन ।तर हाम्रो नगरमा नगर प्रमुख को सबै भन्दा बढी ध्यान शिक्षा मै छ । भौतिक पूर्वाधारमा हाम्रो नगरप्रमुख टोक बहादुर वाइबाले धेरै गर्नु भएको छ।
- शिक्षकहरू खुलेरै राजनीतिक दलमा संलग्न हुन्छन्, ब्रमायणि मा बि मा के छ नि ?
सङ्गठनमै छैनन् भन्न त सकिँदैन । कुनै न कुनै राजनीतिक दलको सङ्गठनमा सबै छन् । तर ब्रमायणि मा बि को हकमा भने विद्यालयमा अतिरिक्त कामजस्तो र राजनीति प्रथम हो भन्ने छैनन् । सबै शिक्षक राजनीतिक दलमा सङ्गठित भएका छन् । शिक्षकलाई राजनीतिबाट पर राख्नुपर्छ । राजनीति विशुद्ध सेवा हो । तर अहिले नाफामुखी राजनीति हुन थाल्यो । यदि राजनीतिक दलमा आबद्ध शिक्षकका विषयमा ‘एक्सन’ लियो भने आफैलाई ‘एक्सन’ लिने अवस्था छ यस्तो हुन दिनुहुन्न ।
- अन्त्यमा मैले सोध्न छुटाएका र आफ्नो मनमा लागेका कुरा केहि छन ?



