ट्रेन्डिङ

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘सरकार आफ्ना नागरिकको प्राण खोज्दै कहालीलाग्दो सुरुङभित्र छ’ : रवि लामिछाने

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

ब्रमायणि माध्यामिक विद्यालयलाइ नगरको नमुना विद्यालय बनाउछु : अध्यक्ष डोटेल

“ब्रमायणि माध्यमिक विद्यालय मन्डनदेउपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल डोटेलसंग हालको बिद्यालय र सुधारको विषयमा के भैरहेको छ भनेर बागमती छड्के डट कमका सम्पादक राम प्रसाद ढकालसंग गरिएको सम्बादमा आधारित”

  • विद्यालयमा कति कक्षा सम्म पढाई हुन्छ ? व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

आदरणीय अभिभावक ज्युहरु,यस ब्रमायणी बिद्यालयका शिक्षक, शिक्षिका यस बिधालयका प्यारा बिद्यार्थी भाइबहिनीमा सर्बप्रथम बिद्यालयको अध्यक्षको तर्फबाट नमस्कार, जहासम्मको प्रश्न छ  हाम्रो बिद्यालयमा कक्षा १० सम्म पढाइ संचालन हुन्छ, सुरुवाती वर्षमा विषयगत जनशक्तिलाई व्यवस्थापन गर्दैछौँ । ब्रमायणि मा बि मात्रै होइन  प्रायः सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अन्य विद्यालयमा पार्टटाइम अध्यापन गराउँछन् । विद्यालयले अन्य शिक्षकहरू राख्नुपर्ने अवस्था छ । तर हाम्रो बिद्यालय तेस्तो अबस्था हालसम्म छैन ।

  • भौतिक संरचनाको अवस्था कस्तो छ ?

ब्रमायणि मावि भौतिक संरचना व्यवस्थित र पर्याप्त रहेको छैन । म व्यवस्थापन समितिको अध्यक्षमा आए पछि बाल कक्षाको छुट्टै कक्षा व्यवस्थापन गरेका छौँ । सबै तहका कक्षाहरू पूर्ण रूपमा व्यवस्थित छन् । अन्य बिद्यालयको जस्तो भौतिक संरचना हाम्रो बिद्यालयमा छैन।

  • सामुदायिक विद्यालयमा पनि हुदाखाने र हुनेखानेका छोराछोरी पढ्ने शिक्षा फरक हुन थाल्यो । यसलाई कसरी लिनुहुन्छ ?

निजी तथा संस्थागत विद्यालयको आकर्षणलाई कम गर्न आवश्यक छ । त्यसका लागि अङ्ग्रेजी भाषालाई ग्राह्यता दिनुपर्छ ।  यदि सामुदायिक विद्यालयमा शुल्क लिने, पोसाक फरक हुने र वर्ग देखिने किसिमका क्रियाकलाप गरिन्छ भने त्यो गलत हो ।

  • सामुदायिक विद्यालयमा भौतिक संरचना र जनशक्ति पर्याप्त हुन्छ, तर शैक्षिक गुणस्तर किन खस्किरहेको छ ?

शैक्षिक गुणस्तर खस्किनुमा प्रमुख कारण अभिभावकको पनि दायित्व बोध कम हुनु हो। अभिभावकले आर्थिक दायित्व पनि वहन गर्नु पर्दैन । आफ्नो बच्चा के पढ्दैछ भन्ने चासो छैन । सामुदायिक विद्यालयका शतप्रतिशत अभिभावकहरूले बच्चाको विषयमा जानकारी नै नलिने र शिक्षक तथा विद्यालय प्रशासनलाई खबरदारी पनि नगर्नाले पनि समस्या आउछ। अभिभावकलाई बच्चाले सिकोस्, नसिकोस् कक्षा अपग्रेड हुनै पर्छ । विद्यार्थीलाई रोक्यो भने अर्को विद्यालयमा सार्ने डरले विद्यालयले पनि कक्षा चढाउँछन् । यसरी नै कक्षा १० सम्म पुग्छन् । लाजमर्दो कुरा अहिलेका १० कक्षामा पढ्ने विद्यार्थीले नेपाली अक्षर राम्रोसँग उच्चारण गर्न जान्दैनन् । यस्तो बालकक्षामा नै बिगारेकोले गर्दा भएको हो । बोर्डिङ स्कुलमा कक्षा ३ मा पुग्दा पढ्न जान्दछन् । सामुदायिकका विद्यार्थी निकम्मा प्रणालीको खराबीले गर्दा त्यस्तो भएको हो ।

  • सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि के गर्नु पर्ला ?

कक्षाको सुरुदेखि नै उचित शिक्षा दिनुपर्छ । बिरुवा अङ्कुरित हुँदै राम्रो भयो भने रुख राम्रो हुन्छ । त्यसैले बालकक्षामा सक्षम बनाउनु पर्छ । सक्षम बच्चालाई मात्र माथिल्लो कक्षामा लानुपर्छ । एउटा कक्षाका कम्तिमा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण नगराउने शिक्षकलाई दण्ड र धेरै उत्तीर्ण गराउने शिक्षकलाई पुरस्कारको नीति ल्याउनु पर्छ । अन्य निजी विद्यालयका शिक्षकले ८ घण्टा अध्यापन गराउँछन् । सामुदायिकका शिक्षकले ३ घण्टा अध्यापन गराउँछन् । आफू सरकारी विद्यालयमा कार्यरत हुन्छन् । अनि बच्चालाई निजीमा पढाउँछन् । शिक्षकलाई यो सुविधा दिनु हुँदैन । सरकारी स्कुलमा कार्यरत शिक्षकले अनिवार्य आफू कार्यरत विद्यालयमा नै बच्चा पढाउनु पर्ने नीति बनाउनु पर्छ । यति गर्न सकिए धेरै सुधार हुन्छ । अभिभावकहरूले पनि आफ्नो बच्चाले कति सिक्यो ? सिकेन चासो राख्नुपर्छ ।

  • स्थानीय कानून नबन्दा विद्यालय सञ्चालनमा कस्ता समस्या छन् ?

धेरै अप्ठ्यारा छन् । अहिलेको संरचनामा शिक्षाक्षेत्र भीरको चिण्डोजस्तो भएको छ । सङ्घीय सरकार दायित्वबाट पन्छिएको छ । स्थानीय सरकारले दायित्व निर्वाह गर्न सकेको छैन । स्थानीय सरकारले शिक्षा क्षेत्रलाई महत्त्व दिएको छ हाम्रो नगरमा । बालकालिका पनि शैक्षिक रूपमा निकम्मा हुँदै गए । अब हाम्रो समाज कस्तो बन्छ । हामी कस्तो समाजको निर्माण गर्न लागिरहेका छौँ ।
स्थानीय सरकारलाई पूर्ण अधिकार दिइयो भने शैक्षिक अवस्था कस्तो हुन्छ ? निकाएमा त्यसलाई कार्यान्वयन गरेर नयाँ उत्पादन हुँदैन । अझै बिग्रिँदै जान्छ । स्थानीय तहलाई प्राथमिक विद्यालयसम्मको मात्र अधिकार दिनुपर्छ । धेरै स्थानीय तहमा ‘भिजनलेस’ मान्छे छन् । त्यसैले माध्यमिक तहको अधिकार प्रदेश वा सङ्घीय सरकारमा रहनु पर्छ । यदि स्थानीय तहमा नै रह्यो भने शैक्षिक स्तर भयावह हुन्छ । स्थानीय तहमा अध्ययन गरेका मान्छे छैनन् । अब आउने पनि पढेलेखेका आउँदैनन् । स्थानीय तहका जनप्रतिनिधले आफ्नो अधिकार र दायित्व बुझ्दैनन् । यस्ता मान्छेलाई माध्यमिक तहको जिम्मेवारी दिइयो भने समस्या बढ्दै जान्छ, घट्दैन । यो काभ्रेको मात्र समस्या होइन, नेपालभरको समस्या हो जस्तो लाग्छ  ।

  • काभ्रेका जनप्रतिनिधि सामुदायिकभन्दा निजी विद्यालयमैत्री भएका हुन् ?

मुख्य कुरा जनप्रतिनिधिको पनि शैक्षिक योग्यताको कुरा आउँछ । शिक्षाको महत्त्व नै नबुझ्ने जनप्रतिनिधिदेखि के अपेक्षा राख्ने । धरानमा शिक्षाको महत्त्व के हो भन्ने कुरा नै उजागर हुन सकिरहेको छैन । धरानको अवस्था त्यो हो । जनप्रतिनिधिले केही प्रयास गरेको देखिँदैन ।तर हाम्रो नगरमा नगर प्रमुख को सबै भन्दा बढी ध्यान शिक्षा मै छ । भौतिक पूर्वाधारमा हाम्रो नगरप्रमुख टोक बहादुर वाइबाले धेरै गर्नु भएको छ।

  • शिक्षकहरू खुलेरै राजनीतिक दलमा संलग्न हुन्छन्, ब्रमायणि मा बि मा के छ नि ?

सङ्गठनमै छैनन् भन्न त सकिँदैन । कुनै न कुनै राजनीतिक दलको सङ्गठनमा सबै छन् । तर ब्रमायणि मा बि को  हकमा भने विद्यालयमा अतिरिक्त कामजस्तो र राजनीति प्रथम हो भन्ने छैनन् । सबै शिक्षक राजनीतिक दलमा सङ्गठित भएका छन् । शिक्षकलाई राजनीतिबाट पर राख्नुपर्छ । राजनीति विशुद्ध सेवा हो । तर अहिले नाफामुखी राजनीति हुन थाल्यो । यदि राजनीतिक दलमा आबद्ध शिक्षकका विषयमा ‘एक्सन’ लियो भने आफैलाई ‘एक्सन’ लिने अवस्था छ  यस्तो हुन दिनुहुन्न ।

  • अन्त्यमा मैले सोध्न छुटाएका र आफ्नो मनमा लागेका कुरा केहि छन ?
 आज भन्दा ठिक तीन बर्ष अगाडि यस बिधालयको बिद्यालय ब्यबस्था समितिको  अध्यक्षमा बिस्वासगरि मलाइ निर्बाचित गर्नु भयो गर्नु हुने सम्पुर्णमा नमन गर्दछु जुन बि व्य स अध्यक्ष भएर काम गरे यस ब्रमायणी मा बि को अध्यक्ष भएर काम गरि रहदा यश बिधालय मा मेरो कार्यकालमा एक बिधालय एक नर्स कार्यक्रम, प्रदेश सरकार बाट एक बिज्ञान ल्याब नगर पालिकाबाट आदर्णीय मेयर टोक बहादुर वाइवा ज्युले बिद्यालयको अरु आवश्यक भएको बजेटको ब्यबस्थापन साथै तत्कालिन निबर्तमान वडा अध्यक्षले पनि यस बिधालयमा शैक्षिक सुधार र भौतिक पुर्बाधारको लागि अत्यन्तै मेहनतका साथ लाग्नु भयो सहयोग गर्नु भयो अहिलेका निर्बाचित वडा अध्यक्ष कुमार ढकाल ज्युले पनि शिक्षा क्षेत्रमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ हामी हामि आशाबादी छौ   निकट भबिस्यमा हाम्रो बिद्यालय ब्रमायणी मा बि लाई मण्डन देउपुर नगरपालिकाको नमुना र अब्बल बिधालय बनाउने प्रयत्न गर्दै छौ साथै हाम्रो बिद्यालयको बारेका र मेरो कुराहरु राख्दिने मौका दिनु भएकोमा तपाइँको  मिडिया बागमती मिडिया हाउस र बागमती छड्के डट कम लाइ पनि धन्यबाद दिन चाहन्छु । धन्यबाद

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय