ट्रेन्डिङ

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘सरकार आफ्ना नागरिकको प्राण खोज्दै कहालीलाग्दो सुरुङभित्र छ’ : रवि लामिछाने

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

लागू औषध न्युनिकरणमा पत्रकारको भुमिका

ललितपुर :- ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले लागू औषध न्युनिकरणमा पत्रकारको भूमिका सम्बन्धी अन्तरिक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी कसरी समाचार सम्प्रेषण गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धि सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको हो ।

यससम्बन्धि गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोसन पुरीलगायतले प्रस्तुती दिएका थिए ।

पछिल्लो समय लागू औषधबाट युवावर्ग बढी प्रताडित भएको र उनीहरुलाई सचेतना फैलाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने वडाध्यक्ष घिमिरको भनाई छ । लागू औषध नियन्त्रणको अभियानसमेत चलाएका ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष घिमिरेले धेरै युवाहरुमा वितृष्ण भएको सोहि कारण लागू औषधमा फसेको बताए । ‘लागू औषधले कसरी असर पारेको छ ?, युवाहरुलाई कसरी फस्दै छन् ?, र देशमा यसको असर के छ ?, भन्नेबारेमा सञ्चारकर्मी र सञ्चारमाध्यमले बढी भन्दा बढी ध्यान दिन आवश्यक देखिन्छ,’ उनले भने, ‘वडा नम्बर ३ मा लागू औषध सेवन रोक्न सचेतनाका अभियान गरिरहेका छौं, प्रहरीसँग समन्वय गरेका छौं, लागू औषध न्युनिकरण गरे समाज व्यवस्थित बन्न सक्छ, युवाहरुबाट देश निर्माणमा टेवा पुग्न सक्छ ।’ उनका अनुसार पछिल्लो समय वयश्क उमेर समूहका युवाहरु कुलत बढ्दो क्रममा छ । वडा कार्यालयले युवाहरुलाई यसबाट टाढा राख्न विभिन्न सचेतनाका कार्यक्रमहरु समेत गरेको हो ।
कार्यक्रमको दोस्रो सत्रमा अन्तरक्रिया राखिएको थियो । महासंघका निवर्तमान महासचिव पुरीले विज्ञका रुपमा रोसन पुरीले प्रस्तुती दिए । उनले लागू औषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रणबारे सञ्चार माध्यमहरु चनाखो भएर समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहिताले पनि लागू औषधलगायत जनस्वास्थ र समाजमा प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्न नहुने उल्लेख गरेको छ । तर पत्रकार महासंघको केन्द्रिय समितिले यसबारेमा पत्रकारलाई जिम्मेवार बनाउने गरी काम गर्न नसकेको आलोचना गरे ।
प्रस्तुतीकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास, विश्व परिवेशलगायतका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनले पछिल्लो समय पत्रकार महासंघको भुमिका कमजोर हुँदा पत्रकारितामा विकृति बढेको बताए । ‘पत्रकार महासंघको केन्द्रिय समिति अहिले निस्क्रिय जस्तै बनेको छ, तर नेपालमा पत्रकारितामा अनेकौं प्रश्न उठिरहेका बेला महासंघ थप जिम्मेवार भएर लाग्नुपर्ने हो,’ उनले भने ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरुलाई लागू औषधसम्बन्धी रिपोर्टिङ गर्दा बढी सचेत बनाउन पनि यस प्रकारको तालिम आयोजना गरिएको बताए । ‘सञ्चारकर्मीहरुले पनि लागू औषध नियन्त्रणमा अह्म भुमिका खेल्न सक्छन्, तर यसबारेमा समाचार संकलन तथा सम्प्रेषण गर्दा ध्यान नदिएमा नकारात्मक सन्देश पनि पर्वाह हुन

सक्छ, त्यसैले उहाँहरुलाई थप ज्ञान हासिल होस् भने यस प्रकारको तालिम आयोजना गरेका हौं,’ उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु अर्जुन पन्त, सूर्य सुवेदी, पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोका, काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका सल्लाहकार ज्ञानप्रसाद पौडेल, अग्रज पत्रकार प्रभुनारायण बस्नेतलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय