२०८१ फागुन ५, सोमबार
काभ्रे :- आज सम्पन्न प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा निर्बिरोध १५ सदस्य कार्यसमिति निर्वाचित भएको छ ।
बनेपामा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा सन्तोष चौलागाईं निर्विरोध भए । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष समेत रहेका चौलागाई मंगलबार नै चौतारीमा फर्किएका थिए । चौतारीमा नै फर्किएका समाजवादीका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) समावेशी सहसचिव निर्विरोध भएका छन् ।
कार्यक्रम प्रमुख अतिथी पुर्ब सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गर्नु भएको थियो ।
महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा, कोषाध्यक्षमा मणिराम दाहाल निर्विरोध निर्बाचित भए ।
कार्यसमिती सदस्यहरुमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल, लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्विरोध निर्बाचित भएका छन् ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९