यस दिन २३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। यस दिन मूल्य घटेका स्टकहरुमा गिरावट दर भने ४ प्रतिशत भन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।




