
काभ्रे :- गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फ काभ्रे जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काभ्रेमा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश रहेको थियो। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुर्यमान दोङ (लालध्वज) निर्वाचित भएका छन् । दोङ एमाले उम्मेदवार रेशम लामालाइ ३९६४ मतान्तरमा विजयी भएका हुन । दोङ ३४ हजार ४ सय १२ मत ल्याउँदा रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गरेका थिए ।

तेसै गरि प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनकै माओवादी केन्द्रका रत्न प्रसाद ढकाल विजयी भएका छन । ढकालले प्रतिस्पर्धी एमालेका उम्मेदवार दिल बहादुर तामाङ (दिलिप) भन्दा ९ हजार ४४२ मत बढी ल्याएर विजयी भएका हुन । ढकालले २० हजार ७२० मत प्राप्त गर्दा तामाङले ११ हजार २७८ मत प्राप्त गरेका थिए । ढकालको प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन ।

प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा लोकतान्त्रिक बाम गठबन्धनका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा विजयी भएका छन एमालेका चन्द्र लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन् तीर्थ लामाले १९ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने चन्द्रले १९ हजार २ सय ७७ मत पाएका थिए ।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकुल प्रसाद बास्कोटा विजयी हुनुभएको छन नेपालि कांग्रेस लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार शिव प्रसाद हुमागाईं भन्दा ५ हजार ८६३ बढी मत ल्याएर बास्कोटा बिजयी भएका हुन् । बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । बास्कोटा प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि विजयी हुन् ।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल विजयी भए । लम्सालले एमालेका कुमार खकुरेललाई १८८ मतको फरकले हराएको हुन् । लम्सालले १९ हजार ४०८ मत प्राप्त गर्दा खकुरेलले १९ हजार २२० मत प्राप्त गरेका हुन् लम्साल प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी हुन् ।
काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन् । बादेले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पार्दै विजयी हुन् । बादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् । यता एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाएका छन् बादेले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पराजित गरेका थिए । निर्वाचित बादे नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री समेत हुन् ।
