काभ्रे :- काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा गठबन्धनबाट कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन् ।
बादेले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पार्दै विजयी भएका हुन । बादेले २६ हजार ३५ मत प्राप्त गर्दा एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाएका छन् । बादेले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पराजित गरेका थिए ।



