
काठमाण्डौ :- नजिकिदै गरेको स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक आज पनि निष्कर्ष विहीन भएको छ ।
बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो तर समितिको वैठक ले कुनै ठोस निर्णय लिन सकेन ।
सत्ता गठबन्धन को वैठक पटक पटक बस्दै आए पनि अझै निष्कर्षविहीन छ उता कार्यकर्तामा गठबन्धन सम्बन्धि कुरा नमिल्दा अन्योल सृजना भएको छ ।