बिहिबार प्रेस सेन्टर नेपाल उपत्यका द्धारा प्रदेश स्तरीय राजनैनिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम नेकपा (माओवादी)को नेता पुर्व अर्थमन्त्री वर्षामान पुन (अन्नत)ले माओवादी केन्द्र निकट उपत्यका प्रदेश स्तरीय प्रेस सेन्टरका पत्रकार सदस्यहरुलाई नीर्वाचन पद्धतीमा आफ्नो पाटीलाई मिडियाको माध्यम बाट कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषय बस्तुको सेरोफेरोमा रहेर प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले माओवादीले विनागठबन्धन कम्तीमा दुई सय तह जितेर पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ ।
६ हजार सात सय ४३ वटै वडाको मत विश्लेषणको प्रारम्भिक रिपोर्ट सुनाउँदै नेता पुनले केही शहरी इलाकामा बाहेक गत स्थानीय तह निर्वाचनमा भन्दा माओवादीको अवस्था सबैतिर सुदृढ रहेको जानकारी दिएका छन् । चुनावी तयारीका क्रममा देशभरबाट प्राप्त रिपोर्टका आधारमा माओवादीले यसअघि दोस्रो भएका ७४ स्थानमा सजिलै जित्ने अवस्था देखिएको दाबी पनि उहाँले गर्नुभएको छ ।
गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले १ सय १६ वटा पालिका र १३ सय बढी वडा जितेको थियो ।
प्रेस सेन्टर उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एशोसिएट प्रदेशले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको सभापतित्व प्रेस सेन्टरका उपत्यका प्रदेश अध्यक्ष नवराज दाहालले गरेका थिए भने संचालन एशोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्य र स्वागत मन्तब्य प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र ओलीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुनले २०७४ सालको चुनावमा माओवादीसँग जम्मा तीन लाख पार्टी सदस्य रहेकोमा अहिले बढेर आठ लाख पुगेकाले दुई सय पालिका जित्न माओवादीलाई कुनै पार्टीसँग गठबन्धन गर्नु आवश्यक नपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाल, माओवादी केन्द्रका प्रचार विभाग सचिव गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले सम्बोधन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका महासचिव रोशन पुरीसहितका अतिथिहरु सहभागी हुनुभएको थियो ।




