२०८१ कार्तिक १९, सोमबार
काभ्रे (बनेपा):- संघिय सरकारले आगामी बैशाख ३० गते स्थानीय निर्वाचन घोषणा गरेपछी बनेपा नगरले फुटपातमा रहेका फलफूल तथा अन्य सामान फाल्न सुरु गरेको छ । सडकपेटी बेचेर रमाउन पल्केकाहरुका लागि नगरको यो अभियान दर्शनढुंगा साबित भएको छ । ४ वर्ष बितिसक्दा पनि सडक किनारामा रहेका पसल नदेखेको बनेपा नगरले चुनाव आयो भने पछी बजार आफुलाई देखाउन थालेको छ । बिगतमा कहिले नदेखेको फुटपात यतिबेला देख्न थालेका छन् । यति मात्र हैन निदाएर बसेको नगर भन्दा पनि फरक पर्दैन बनेपा नगरपालिका ।
समग्र पालिकाहरुको बिकासलाई हेर्ने हो भने पनि बनेपा नगरपालिकालाई अन्तिम सूचांकमा राख्दा पनि फरक नपर्ने उसका गतिविधिले प्रष्टाएको सरोकारवालाहरु बताउछन । विकासका नाउँमा भएको अनियमितता बारेमा नगरबासीहरु मात्र होइन जनप्रतिनिधी समेत सन्तुष्ट छैनन् भन्छन जनप्रतिनिधी गंगाराम घिमिरे । यसको प्रत्क्षय वा अप्रत्क्षय निर्वाचन मुखी योजनाहरुको बारेमा मतदाताहरु जागरूप रहेको समेत घिमिरे बताउछ्न।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९