काठमाडौं :- स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल सम्म काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा आज रिट दायर गरेका हुन् सर्बोच्चले रिट दर्ता भने गरेको छैन ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्राप्त भएको रिट निवेदन माथि अध्ययन भइरहेको बताए । उनले भने, ‘निर्वाचन मितिविरुद्ध रिट प्राप्त भएको छ । दर्ता गर्ने कि नगर्ने प्रक्रियामा छौं । छलफल अध्ययन भइरहेको छ ।’
देउवा सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।










