काठमाडौं :- निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकार समक्ष प्रस्ताव गर्ने जनाएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्ने जनाएको छ ।
छलफलमा आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाएमा त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मिति सम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिक रुपमा तय हुनेछ ।



